आफैले घाटीमा खुकुरी प्रहार गरी आत्महत्या
२०७९-०५-१०
- A
- A-
- A+
भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।