फरार प्रतिवादी पक्राउ
२०७९-०५-०८
- A
- A-
- A+
बहुबिबाह मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।०८।२९ गतेको फैसला आदेशले ११ महिना ५ दिन कैद र रु.५,०००/- जरीवाना तोकिएता पनी हगाल सम्म फरार रहँदै आएका धरान-६ का ४४ बर्षीय हेम बहादुर भन्डारीलाई प्रहरीले पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको RIT समुबाट फरार प्रतिवादीको खोजतलासमा खटीएको प्रहरी टोलीले मंगलवार दिउँसो भण्डारीलाई धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद तथा जरीवाना भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाएको छ ।