प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को उद्घाटन

२०७९-०५-०२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०७९” को समुद्घाटन भएको छ ।

१ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पानसमा बत्ती बालेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको हो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनु भयो । यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रबिधीको प्रयोग गरी धेरै जसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताउनु भयो । वहाँले अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिनु भयो । यसका साथै अपराध अनुसन्धान क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संबेदनशिल भई पारदर्शी रुपमा काम गर्ने निर्देशन समेत दिनु भयो ।  


यसैगरी आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसायोग्य रहेको बताउदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनी उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।  


त्यसैगरी कार्यक्रममा बोल्दै उच्च अदालत बिराटनगरका सह-न्यायाधिवक्ता कोषहरी निरौलाले पछिल्लो समय अपराधको Trend मा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनु भयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको तथा अहिलेका अपराधीको Track Record समेत नपाईएकोले प्रहरीको अवको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा समेत जोड दिनुभयो ।


उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाले अपराध अनुसन्धानका तिन निकायहरु अनुसन्धान , अभियोजन र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । अनुसन्धान नै न्याय निरुपणको प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई अझ बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिन सुझाव समेत दिनु भयो ।  


कार्यक्रमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको बताउनु भयो ।


कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अन्य अतिथीहरुलाई धन्यबाद ज्ञापन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालले थप चुनौतीहरु आईरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिनु भयो । 

प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई कार्य गर्दे आईरहेका पनी प्रयाप्त साधन श्रोत नहुँदा केही कठिनाईहरु रहेको बताउँदै साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनु भयो ।
पहिलो चरणको समुद्‍घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम ढकालले  स्वागत एवं कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।