फरार प्रतिवादी पक्राउ
२०७९-०४-०३
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको RIT समुहको प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बहु- बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र रु.२०,०००/- जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका-७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष २ महिना ३ दिन कैद र रु.१२,०००/- जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका - १२ शुक्रबारेका २२ बर्षीय गणेश कुमार राम मोची रहेका छन् । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी कारागार चलान भएका छन् ।