प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण

२०७९-०४-०२

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो ।


प्रहरीको आचरण र ब्यवहार सुधार गरी आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न, फरार अपराधिलाई पक्राउ गर्न, आफ्नो कार्यालय तथा बिभिन्न असभावका सामग्रीहरुको हिफाजत गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउन, प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो । सोही क्रममामा आगामी हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सम्पुर्ण प्रहरी कर्मचारीहरु निर्वाचनमा खटिन तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।