फरार प्रतिवादि पक्राउ
२०७९-०३-३०
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादिलाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०६१।०८।१५ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा-८ बस्ने ६० बर्षीय डिल्लीराम ढकाललाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी कारागार झुम्का पठाइएको हो ।