फरार प्रतिबादी पक्राउ
२०७९-०३-२२
१ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट मानव बेचबिखन तथा ओसार-पसार मुद्धाका फरारप्रतिबादीहरु २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका २ जनालाई आज सम्मानित सुनसरी अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्ला कारागार पठाइएको छ ।पक्राउ पर्नेमा मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं १४ बिजयपूर का ३७ बर्षीय दिल कुमार बल तामाङ र मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं ०२ का ३० बर्षीय यादव बस्नेत रहेका छन् । उनिहरुलाई खोजतालस गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा पक्राउ गरिएको थियो ।