लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०३-१५
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साँढे ५ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर-६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई बिराटनगर-११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।