लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-०३
- A
- A-
- A+
उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी-६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 38 V 3251 नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको छ ।