जेनेरेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
२०७९-०२-२३
- A
- A-
- A+
झापाको गौरिगंज गाऊपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।