सवारी दुर्घटना २ जनाको मृत्यु
२०७८-१२-२०
- A
- A-
- A+
सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी झापाको गौरादह नगरपालिका-१ मा हिजो बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किदा मोटरसाईकल चालक स्थानीय ३६ बर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।