प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलामा डुबि १ जनाको मृत्यु

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

सुनसरीको बर्जु गाँउपालिका- ६ स्थित थलाह खोलामा डुबि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का लक्ष्मण रिषीदेवका १३ बर्षीय छोरा निशान रिषीदेव रहेका छन् । हिजो दिउसो साढे १ बजे नुहाउने क्रममा मृत्यु भएका रिषीदेवको लाश पोष्टमार्टमको लागी कोशि अस्पताल बिराटनगर लगिएको थियो भने घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८२-१२-२०

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ८६३१ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-२ का भवानी प्रसाईलाई १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका-६ का निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागु औषध सहित ७ जना पक्राउ
२०८२-१२-१९

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १८ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानिय बिजय तिवारीलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बा ८७ प ३७६ नम्बरको मोटरसाईकल चालक हल्दिबारी गाउँपालिका-२ बस्ने राजिव कुमार राजवंशी र पछाडि सवार शिव प्रसाद गौतमलाई ५ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश सुपोलका अमर कुमारलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-७ स्थितमा स्थानिय सागर तामाङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी धनकुटाले धनकुटा नगरपालिका-९ स्थितमा शहिदभूमी गाँउपालिका-७ बस्ने शुसान राईले  प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको १९ किलो ८५० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरिएको छ र को २१ प ९५६५ नम्बरको मोटरसाईकलबाट २४ किलो १४० ग्राम गाँजा फेला पारी चालकको खोजतलास भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१० स्थितमा चौदण्डीगडी नगरपालिका-२ का प्रकाश दर्जीको साथबाट १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।