प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७८-०९-३०
- A
- A-
- A+
झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।
यसै गरी हिजो दिउसो साढे १ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको छ ।