प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित ४ जना पक्राउ

२०७८-०९-२९

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोली सहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका -७ घुस्कीका २० बर्षीय  सबिर मिया, ३१ बर्षीय  सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो ।

सवरेज मिया सहित अन्य तिन जनालाई बिहिवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हातहतियार सहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०५-२१

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ बिराटनगर, भदौ २१ गते । झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०५-१९

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते दिउँसो मोरङको बिराटनगर-१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी दुहबी नगरपालिका-११ का २३ बर्षीय इसान चौधरीलाई ३ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले शनिश्चरे नगरपालिका-३ का ३५ बर्षीय कमल लिम्बु र २१ बर्षीय पवन बिश्वाकर्मलाई २ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेले धरान-११ का २१ बर्षीय अंकित तामाङ, धरान- १७ का २१ बर्षीय रवीन राई र धरान-१६ का ३० बर्षीय विशाल लिम्बुलाई २३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सिधुवा धनकुटाले छथर जोरपाटी गाउँपालिका-५ का २२ बर्षीय लक्षु शेर्पा, मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २१ बर्षीय प्रबेश लिम्बु र सुन्दरहरैचा- ९ की २० बर्षीया सलिना क्षेत्रीलाई निषेधितऔषधी ट्रामाडोल र डिकोलिक १४१ ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टरले किच्चेर १ जनाको मृत्यु
२०८१-०५-१९

संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०५-१८

मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते साँझ साढे ५ बजे मोरङको बिराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री १८ स्थानीय मो. सज्जाद र २५ बर्षीय मो. रब्बानीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ७ प ५७२० नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका ११ का १८ बर्षीय सविन राईलाई नियन्त्रीत आषधी बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम गरी जम्मा २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो । त्यस्तै प्रहरी बिट रत्नपार्क खोटाङबाट दिक्तल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थितमा खटिएको प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ बर्षीय आश्रेय राई, २५ बर्षीय सिजन राई, दिक्तेल रुपाकोट मझुवागढि-२ का २२ बर्षीय प्रदिप राई र दिक्तेल रुपाकोट मझुवागढि- ४ का २० बर्षीय मिलन राईलाई ट्रमाडोल-५२ क्याप्सुल, डिकोलीक-१४ पिस, नाईड्रभेट- १ पिस र कोलिबन-३ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।