लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।