प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता
२०८२-१२-२३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र हिमशिखर टेलिभिजन दमक, झापा विच प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । चैत्र २३ गते कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे र हिमशिखर टेलिभिजन दमक झापाको तर्फबाट व्यवस्थापक हरि कृष्ण न्यौपाने विच प्रत्येक हप्ताको सुक्रबार १७:०० बजे, पुन: प्रशारण शनिवार बिहान ०९:३० बजे र आइतबार १३:०० बजे नि:शुल्करुपमा प्रसारण गर्ने सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम मार्फत सचेतनामुलक सामग्रीहरु सहित नेपाल टेलिभिजन इटहरी लगायत स्थानीय टेलिभिजनहरुसंगको सहकार्यमा निरन्तररुपमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।