प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८२-१२-२३
- A
- A-
- A+
सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जनालाइ पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका-५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका-५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।
नियन्त्रणमा लिइएका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।