ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८२-१२-२३
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ । चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर-४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद भएको थियो । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका-९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।