ठुलो परिमाणको प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८२-१२-२१
- A
- A-
- A+
मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-३ स्थितबाट सोही स्थानका ४३ वर्षिय योगेन्द्र तुङहाङ र ४४ वर्षिय कमल दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीहरु २६ हजार ६५ पिस , ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर,२ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७० नगद, ३थान मोबाइल र प्र.१-०२-५९ प १८५९ नम्बरको स्कुटर सहित पक्राउ गरेको छ ।