लागू औषध ब्राउन सहित २ जना पक्राउ
२०८२-१२-२१
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ।
झापाको भद्रपुर नगरपालिका-३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ।