लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-०९
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ०८ गते खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका-४ घर भई हाल अर्जुनधारा नगरपालिका-११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको हो ।
त्यस्तै मोरङको बिराटनगर-१६ बाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरले बिराटनगर-१५ का मोहन चौधरीलाई ४ ग्राम ६५० मिलिग्राम सहित र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनूसन्धान समुहले सुन्दरहरैँचा नगरपालिका- ६ का बिपिन दाहाललाई १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान-१५ बाट अस्थायी प्रहरी चौकी श्यामचोकले सोहि स्थानका अजय खड्गी र विशाल राईलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन र डिकोलिक १२२० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।