१ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ
२०८२-११-२६
- A
- A-
- A+
संखुवासभाको भोटखोला गाउँपालिका- ४ स्थितबाट १ नाल भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थानका धनमान बिश्वकर्मा रहेका छन् । फागुन २५ गते धनमान बिश्वकर्माले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा निजले आफ्नै घर भित्र लुकाई छिपाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।