लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
माघ २० गते सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राईलाई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सप्तरीका इश्वर प्रसाद भगतलाई ३ ग्राम ०४ मिलीग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।