प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा अर्धवार्षिक कार्य सम्पादन समिक्षा
२०८२-१०-१५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । माघ १५ गते भएको समिक्षा कार्यक्रममा कार्य सम्पादन सम्झौता बमोजिम ६ महिनाको अवधिमा प्रहरी कार्यालयहरुद्वारा सम्पादन गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । समिक्षामा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो ।
* समिक्षा कार्यक्रममा Virtual माध्यमद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरी गस्तीलाई प्रभावकारी बनाउन, फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ ।
* निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरी परिचालन, निर्वाचन आचार संहिताको पालना, छनौट भएका निर्वाचन प्रहरीहरुलाई आवश्यक तालिम तथा व्यवस्थापन, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिको निगरानी तथा प्रहरी कारवाही, सिमा नाकाहरुमा प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने लगायतका विषयमा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।