लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
२०८२-१०-१३
- A
- A-
- A+
सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान-१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक- ९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक- ५ मिन कुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागु सहित पक्राउ गरेको छ ।