लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-१०-१३
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को. २ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरे सगै चालक धनकुटा चौबिसे गाउँपालिका-७ का साजन लिम्बु र अटोमा सवार गगन लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
यसै गरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे-८ का जीवन नुनियालाई ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिइको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।