प्रतिबन्धित लागू औषध सहित २ जना पक्राउ
२०८२-१०-११
- A
- A-
- A+
सुनसरी, माघ ११ गते ।सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ तीनकुने स्थितबाट प्रतिबन्धित लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १० गते प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी गस्ती टोलीले को. २१ प १४९० नम्बरको मोटरसाईकलमा सवार धरान- १७ का नबिन तामाङ र प्रेम जोगीलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल ३ हजार ७३० क्याप्सुल र नाईट्राजाम १५० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।