बेवारिसे अवस्थामा ५ सय ५४ किलो लागू औषध गाँजा बरामद
२०८२-१०-०१
- A
- A-
- A+
बेवारिसे अवस्थामा ५ सय ५४ किलो लागू औषध गाँजा बरामद
सुनसरी, माघ १ गते ।
सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका-४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
पुस ३० गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-४ स्थित बाँस झ्याङबाट ५ सय ५४ किलो लागू औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।