दुर्गम पहाडी तथा हिमाली भेगमा ग्रामिण गस्ती गर्दै जिल्ला प्रहरी ताप्लेजुङ
२०८२-०८-१५
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लाको उत्तरी दुर्गम पहाडी तथा हिमाली भेगमा रहेका ग्रामिण बस्तीहरुमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लामो दुरीको गस्ती परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमको कमाण्डमा मंसिर ७ गतेबाट मंसिर १४ गते सम्म परिचालन भएको प्रहरी गस्ती टोलीले फक्तालुङ गाउँपालिका अन्तरगत रहेका घुन्सा, खाम्बाचेन, लोनाक, कन्चनजंघा बेस क्याम्प लगायत बिभिन्न स्थानहरुमा गस्ती गरेको थियो । गस्ती टोलीले अति दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई प्रहरी सेवा प्रवाहको बारेमा सु-सुचित गराउदै उनिहरुको पिरमार्का र समस्याको सुनवाई गरेको थियो भने फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्वु लगायत स्थानिय महानुभावहरुसंग छलफल तथा अन्तरकृया समेत गरेको थियो ।
दुर दराजमा रहेका नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन, हिमाली जडिबुटी तथा वन्यजन्तुको अवैध ओसार पसार नियन्त्रण गर्न, अन्तराष्ट्रिय सिमा नाकाबाट हुने अपराधिक गतिविधि नियन्त्रणका साथै कन्चनजंगा बेस क्याम्प क्षेत्रमा आउने पर्यटकहरुको सुरक्षालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुर्गम पहाडी तथा हिमाली भेगमा ग्रामिण गस्ती परिचालन गर्दै आएको छ ।