धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०८-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालयको पत्र आदेशले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा काज सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सत्यनारायण जैसवाललाई यस कार्यालयमा रहदा बस्दा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत तथा व्यवसायीक जीवनको उत्तरोत्तर प्रगतीको कामना सहित धन्यवाद व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायात प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।