लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।