प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, जस्तो सुकै विषम परिस्थितिमा पनि अग्रपंक्तीमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन निर्देशन
२०८२-०७-२५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । कार्तिक २५ गते भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि अग्रपंक्तीमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी, आदेश निर्देशनको अक्षरस पालना गरी वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पुर्याउन तथा ग्रामिण बस्तीहरुमा लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी समुदायसंग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाउन, समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ । वहाँले सिमित स्रोत साधनका बावजुद पनि ओखलढुंगा जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पुर्याउदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति रहेको थियो ।