बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा प्रहरी निरीक्षक राजन लम्साल र प्रहरी सहायक हवल्दार विकाश कटुवाल पुरस्कृत
२०८२-०६-३०
- A
- A-
- A+
७० औं प्रहरी दिवस २०८२ को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक राजन लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विकाश कटुवाल पुरस्कृत भएका छन । २५ हजार धनराशीको उक्त पुरस्कार कोशी प्रदेश भरिबाट उत्कृष्ट ट्राफिक व्यवस्थापन कार्य गर्ने मध्येबाट छनौट गरी वहाँहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भएका प्रहरी निरीक्षक राजन लम्साल र प्रहरी सहायक हवल्दार विकाश कटुवालले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गरी महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने द्वयलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ ।
१८ बर्षको उमेरमा सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।