“७० औं प्रहरी दिवस २०८२” को अवसरमा सरसफाई कार्यक्रम
२०८२-०६-२९
- A
- A-
- A+
“७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका-१२ स्थित तालिम केन्द्र चौक देखि विराटनगर-१६ स्थित रहेको श्री शिवालय, हनुमान मन्दिर परिसर, किरातेश्वर महादेव मंदिर परिसर सहित आसपासमा रहेका मुख्य तथा सहायक सडकहरु सरसफाई गरिएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको उपस्थितिमा भएको सरसफाई कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र र कोशी प्रदेश प्रहरी गण विराटनगर समेतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।