लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०५-२३
- A
- A-
- A+
सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धरान-२० स्थितमा चेकजाँचको क्रममा प्र.०१-०५-००१ प ०५९९ नम्बरको मोटरसाईकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-३ का निवास राई र रोशन राईलाई १० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय भाण्टाबारीले कोशी गाँउपालिका-८ बाट प्र. १-०२५२ प २८५८ नम्बरको स्कुटर चालक सप्तकोशी नगरपालिका- १ सप्तरीका राकेश दासलाई प्रतिबन्धित औषधी स्पास्मो ७२ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।