ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०५-१२
- A
- A-
- A+
झापा र मोरङबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका ८ गिरीगाँउ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम १०० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका ७ पारिजात टोल स्थितबाट सोही स्थानका ४२ बर्षीय लाल बहादुर लिम्बु र ३२ बर्षीय पदम बहादुर अधिकारीलाई लागूऔषध ब्राउन सुगर ६९० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारैजनाको सम्बन्धी प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।