लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६
- A
- A-
- A+
सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा सहित र इटहरी -७ का कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।