लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३० गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।