लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०३-०१
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका-१६ स्थीतबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ३१ गते राती साढे ९ बजे लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुढिगंगा गाउँपालिका-७ का २५ बर्षीय राज कुमार लिम्बुको साथबाट ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।