लागू औषध खैरो हेरोईन सहित ४ जना पक्राउ
२०८२-०२-१८
- A
- A-
- A+
सुनसरी र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । जेठ १७ गते अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले ईनरुवा नगरपालिका-३ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय बिबेक अधिकारी, इटहरी-४ का २२ बर्षीय मनोज परियार र २६ बर्षीय मनिष राईलाई लागू औषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट तनहुँको रिसिङ गाउँपालिका-३ का ३७ बर्षीय दलराज मगरलाई लागू औषध खैरो हेरोईन १९ ग्राम ६३ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।