लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८
र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा
धरान ११ का १८ बर्षीय आशिष तामाङ, धरान ८ का २३ बर्षीय अनिल लिम्बु, १८ बर्षीय
अनिल मगर, धरान १७ का २२ बर्षीय राज कुमार राई, २८ बर्षीय अनिल मगर र धरान १९ का
१८ बर्षीय अनिस मगर रहेका छन् । हिजो राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको
प्रहरी टोलीले उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र
कोलिवान ७८५ पिस फेला पारेको थियो । लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका
प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।