८२ किलोग्राम गाँजा सहित १ जना पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५
देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० बर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो
राती पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र.१-०२-०४४
प ४३२० नम्बरको मोटरसाईकलमा ४ वटा बोरामा लोड गरि ल्याउदै गरेको अवस्थामा फेला
पारेको थियो । गाँजा सहित पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।