प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ८ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका-१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।


त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापाको झापा गाउँपालिका-४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट मेचीनगर नगरपालिका-७ ईटाभट्टा का २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउन सुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।


सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।