चट्रयाङ लागेर १ जनाको मृत्यु ३ जना घाईते
२०८२-०२-०१
- A
- A-
- A+
संखुवासभाको चैनपुर नगरपालिका-८ मानेडाडा स्थित चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङले लागेर घाईते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो भने घाईते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको छ ।