प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“बाढी तथा डुवान उद्दार अनुशिक्षण प्रथम समूहको तालिम समापन

२०८२-०१-१७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा वैशाख १० गतेबाट संचालन भएको ७ कार्य दिन अवधिको बाढी तथा ढुवान उद्दार अनुशिक्षण तालिम प्रथम समुहको निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ । वैशाख १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा भएको तालिम समापन कार्यक्रममा निर्देशन सम्वोधनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बाढी तथा ढुवान उद्धार” अनुशिक्षण तालिमबाट सिकेका  ज्ञान र शिपको उच्चतम प्रयोग गरी बिपदको समयमा नागरीकको जिउधनको सुरक्षा गर्न तथा प्रहरी स्वयम जोखिम रहित तरिकाले उद्दारकार्यमा खटिन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो  । प्रहरी कर्मचारीहरुका लागी अति उपयोगी रहेको तालिमले नागरीको सुरक्षा तथा उद्दार पश्चात मात्रै तालिमले सार्थकता पाउने बताउदै दैनिक रुपमा चुस्त दुरुस्त भएर शारिरीक र मानशिक रुपमा तयारी भई बिपदको बखत नागरीकको पुकारलाई आत्मसाथ गर्दै आफ्नो जिम्मेवारी बाट बन्चित नभई मन बचन र कर्मले उद्दार कार्यमा खटिनु पर्ने बताउनु भयो । समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईले तालिम सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आ. हरी ढंगोल, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आन्तरिक तथा वाह्य प्रशिक्षकहरुद्वार Swimming अभ्यास Rafting, River crossing water rescue लागयतका बाढी तथा डुवान उद्दार कार्यका लागी बिभिन्न अभ्यासहरु गराईएको थियो ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-१४

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।