प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) संग समझदारी-पत्रमा हस्ताक्षर

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)  र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बैशाख १० गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने/गराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा (प्रथम पक्ष) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (दोश्रो पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो ।


कार्यक्रममा बोल्नुहुदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य गरीदै आईएको बताउनुभयो  । साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।