प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित २ जना पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका-९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध-Tramadol ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो । त्यसैगरी सुनसरीको धरान-६ बाट सोहि स्थानका २६ बर्षीय राकेश परियार र २८ बर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जना पक्राउ ।
२०८२-०१-१६

झापा र  मोरङको विभिन्न स्थानबाट  प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । वैशाख १५ गते दिउँसो  बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का  ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय  दिपेन्द्र राईलाई ५ ग्राम ४७  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५ वर्षीय  विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी- ESKUF DX-७ थान बोतल, CARISPAS- ६  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका-२ का २२ वर्षीय मिलन परियार र  फाल्गुनन्द गाँउपालिका-३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर  र औषधी  नाईट्राजापाम-९ टयाब्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न ३ जना पक्राउ
२०८२-०१-१६

धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट  प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-१५

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले  प्र.१-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउदै गरेका मोरङको बेलवारी-४ का २८ वर्षीय बिपुल बिष्टलई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का  ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर  १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१४

नेपाल सरकार गृहमन्त्रालय  बढुवा समितिको बैशाख ४ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदको बढुवा सुचीमा पर्नु भएका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १४ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल  सहित जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा जवानहरुले प्रहरी नायव महानिरीक्षक अधिकारीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक बिदाइ गर्नु भएको थियो । धन्यवाद तथा शुभकामना कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले संगठनको लक्ष्य हासिल गर्न तथा कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आफ्नो पदिय दायित्व सहित कुशल नेतृत्व निर्वाह गर्न आफुलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।  

प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-१४

मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र  PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७  का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित  प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।