प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७८-०८-२८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको छ ।
कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
 समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो ।
वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।
यसैगरी प्रहरी नायव महानिरीक्षक बि.सी.ले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमालाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ७८,४१२ (अठहतर हजार चार सय बाह्र) जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोईराला बि.सी. तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।