प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ

२०८२-०१-०७

  • A
  • A-
  • A+
Share

संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर-१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले  धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसै गरी मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।


सम्बन्धित समाचार
प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित ६ जना पक्राउ
२०८२-०१-२०

सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि सहित ६ जानालाई प्रहरीले पक्राउ गरेको छ।  वैशाख १९ गते राति पौने १२ बजे  धरान उप-महानगरपालिका-१ शितल मार्ग स्थितमा डेरा गरी बस्ने मानिसहरुले  लागु औषध करोवार गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले भोजपरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ, ३१ वर्षीय सागर राईलाई कोठा भित्र लुकाई छुपाई राखेको प्रतिबन्धित औषधी ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, Nitrazepam, Arominc गरी १० हजार ३ सय १५ पिस , ब्राउन सुगर १ ग्राम ७ सय ६० मिलिग्राम  र नगद रुपैया २ लाख ५३ हजार ७ सय ९६ सहित पक्राउ गरेको छ भने  सोहिदिन वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१५ स्थितबाट धनुषा जनकपुर घर भई हाल सुनसरी धरान-१५ लक्ष्मन मार्ग स्थितमा डेरा लिई बस्ने २५ वर्षीय राहुल शाह र निजकै श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट  ट्रामाडोल-५ हजार ५० क्याप्सुल, र धरान-१७ सियोन मार्ग  स्थितमा डेरा लिई बस्ने ४० वर्षीया ममता भगतको कोठा बाट ट्रामाडोल, २० स्पास्पेन, opadol गरी ६ हजार २ सय ८५ चक्की औषधी सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०१-२०

उदयपुर, झापा, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १९ गते  बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो  विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा  मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय  सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र  ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो । त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र  २१ वर्षीय बिजय भुजेललाई  १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ  गरेको छ ।  त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित नियनत्रणमा लिएको छ ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१९

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशानुसार यस कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरवाट इलाका प्रहरी कार्यालय खजुरी धनुषा जान लाग्नु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ र इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक विकाश राईलाई प्रहरी वरिष्ठ उपरीक्षक दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको थियो ।

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जना पक्राउ
२०८२-०१-१८

धनकुटा, झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते  साँझ बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरी धरान उप-महानगरपालिका-१५ का ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी-४ का १९ वर्षीय बिक्रम तामाङलाई ४ ग्राम ५९ मिलिग्राम र मोरङ सुन्दरहरैचा-५ का २४ वर्षीय दुखन ऋषिदेवलाई ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ  गरेको छ । यसै गरी धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का  २४ वर्षीय निमा शेर्पालाई २ किलो ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ
२०८२-०१-१८

झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।