प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८२-०१-०६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान-६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका-१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा  हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको को थियो भने प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका-७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको हुँदा दुबै जना प्रहरी कर्मचारीले गरेको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।


सम्बन्धित समाचार
प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०१-२५

भोजपुर,धनकुटा, झापा,मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय  मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३  हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ ।  त्यसैगरी मोरङ बिराटनगर-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी-४ का  १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र  सुनसरी इटहरी -४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्राम र प्रहरी चौकी गछियाले सुन्दरहरैचा-३ का २७ वर्षीय गोबर्धन गुरुङ,२६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय बिशाल उराउलाई प्रतिवन्धित औषधी ट्रमाडोल- १ हजार ३ सय ३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी-८ का वर्ष २७ को सुनिल लिम्बुलाई औषधी TRAMADOL-१ सय ५० क्याप्सुल सहित र प्रहरी चौकी शनिश्वरेले अर्जुनधारा-८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ  । सोही दिन धनकुटा छथरजोरपाटी गाँउपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सोही स्थानका २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई ब्राउन सुगर २ सय १० मिलिग्राम र निषेधित औषधी- ८ क्याप्सुल सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलिले भोजपुर हतुवागढी गाँउपालिका-९ स्थितबाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ ।

चट्याङ र बिद्युतिय करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०१-२४

उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका-८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो ।  सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

निषेधित औषधी र खैरो हिरोइन सहित ६ पक्राउ
२०८२-०१-२४

झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप-महानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको  छ । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय  योगेन्द्र तुङहाङलाई  प्रतिवन्धित औषधी-४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको अस्थायी  प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले बिर्तामोड -८ स्थितमा कोठा भाडा लिई बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई खैरो हेरोईन ३ ग्राम २ सय २० मिलिग्राम  सहित पक्राउ गरेको छ । सोही दिन Spasmoproxyvon ८ सय ९२ क्याप्सुल, नाइट्रोसन-७० चक्की, ESCUF-४० बोतल सहित सुनसरी धरान-८ का ३८ वर्षीय  मनोज विश्वकर्मालाई र धरान उप-महानगरपालिका-३ स्थितमा रहेको क्वालिटी फुड कर्नर होटल एण्ड लजमा बसेका कैलाली धनगढी का ३१ वर्षीय  निखिल भन्ने वसन्त राजवंशीलाई  निषेधित औषधी- spasmoproxyvon ३ सय ७० क्याप्सुल सहित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।  

लागूऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-२३

सुनसरी र मोरङबाट  लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका-३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट बेलबारी नगरपालिका-४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु १२ घाईते
२०८२-०१-२३

धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाईतेहरुलाई उद्दार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो । बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी-२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियाको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ  ।